बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित : कांग्रेस (विज्ञप्तिसहित) « Khabarhub

बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित : कांग्रेस (विज्ञप्तिसहित)


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरूका प्रस्ताव तथा समर्थकहरू पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै बागी र प्रस्तावक तथा समर्थकहरूको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो ।

त्यस्ता विद्रोही उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरूलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

विद्रोही उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न यसअघि नै पार्टीले अनुरोध गरेको थियो । तर, चितवनको भरतपुर र पोखरा लगायतका क्षेत्रका कांग्रेसका बागी उम्मेदवारहरूले पार्टीको त्यस्तो आग्रहलाई अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ८ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै