कांग्रेस नेता महरको आरोप- एमालेले जनतासँग ९८ प्रतिशत झुट बोल्यो  « Khabarhub

कांग्रेस नेता महरको आरोप- एमालेले जनतासँग ९८ प्रतिशत झुट बोल्यो 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जनतासँग एमालेले ९८ प्रतिशत झुट बोलेको आरोप लगाएका छन् । 

डडेलधुरामा शुक्रबार आयोजित एक कार्यक्रममा नेता महरले   २०७४ को निर्वाचनमा विजय भएका स्थानीय तहमा घोषणापत्रअनुसार काम नगरेर एमालेले जनतालाई झुक्याएको आरोप लगाएका हुन् । 

एमालेले जनभावना अनुरूप काम नगरेको आरोप लगाउँदै उनले भने, ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ । व्यवहार ठिक उल्टो गर्छ । घोषणापत्रमा वाचा गरेअनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ । ९८ प्रतिशत झुट बोलेको छ । अब एमालेको झुटको खेती टिक्दैन ।’ 

कांग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताउँदै उनले भने, ‘कांग्रेस जनताको पार्टी हो । हामीलाई सधैँ जनताको माझमा जानु छ । भ्रम छरेर एक पटक त चुनाव जितिएला । तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिनेछन् ।’ 

देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सृजना गर्न महरको आग्रह छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : २८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको