आगलागीमा परी २ जनाको मृत्यु  « Khabarhub

आगलागीमा परी २ जनाको मृत्यु 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भोजपुर र पाल्पामा आगलागीका घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको छ । 

आगलागीमा परी घाइते भएकी उनकै श्रीमती २४ वर्षीया मिना तामाङको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आगलागीबाट दुई वटा घर तथा खेममणीको किराना पसल र कपडा पसल समेत पूर्णरूपमा जलेर नष्ट भएको छ । 

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ जौखरक बस्ने ७९ वर्षीय मान बहादुर सोमैको घरमा बिहीबार राति आगलागी हुँदा जलेर मान बहादुरको मृत्यु भएको छ । 

आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : १५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको