भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा | Khabarhub Khabarhub

भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा

आचारसंहिता उल्लंघनकाे उजुरी दिने तयारी


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा माओवादी केन्द्र निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरूले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी आए कारबाही गर्न सकिने उनले जानकारी दिए ।

‘निर्वाचनको बेलामा भूमिहीन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइँदैन’, उनले भने, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टीकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार गरे । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनले दाबी गरे । ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो । कति जनालाई बाँडे थाहा भएन’, उनले भने, ‘मैले लालपुर्जा बाँड्न पाउँदिन । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ ।’

शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै उनले भूमिहीन सुकुम्बासीले मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको बताएका छन् । मतदातालाई प्रभावित पार्न निस्सा बाँडिएको कार्यक्रममा साझा उम्मेदवारलाई जिताउने प्रतिबद्धता आएको उनले दाबी गरेका छन् ।

मतदाता प्रभावित पार्न भूमिको निस्सा बाँड्ने व्यक्तिहरू विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी हाल्ने तयारी गरेकी छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी हाल्न लागेको जानकारी दिइन् । 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : १४ बजे

इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टाइनबासी पलायन हुन थाले 

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जाका लागि सैन्य कारबाही सुरू

रास्वपाको हस्ताक्षर अभियान : पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’ मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्षमा सुरू

बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै

नेपालगञ्ज– मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान

सडकमा उत्रिए निजी विद्यालयका सञ्चालक र प्रिन्सिपल (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै

बन्दीपुरमा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन

दमौली– तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन ३५