जेठबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदाको तयारी « Khabarhub

जेठबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदाको तयारी


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा लागू गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरेको हो । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए ।

“सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ”, उनले भने, “तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौँ ।”

अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ ।

सचिव डा. पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए ।

सरकारले जेठदेखि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म सञ्चालन निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ४८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको