‘द कश्मीर फाइल्स’ को ओटीटी रिलिज तय « Khabarhub

‘द कश्मीर फाइल्स’ को ओटीटी रिलिज तय


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा अझै सेलाएको छैन । फिल्मले उठान गरेको विषयवस्तु, फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरुले यसलाई चर्चामा ल्याएको हो ।

 हिन्दी भाषामा मात्र रिलिज भएको फिल्मले राम्रो व्यापार गरेपछि दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर फिल्म ओटीटीमा रिलिज हुने भएको छ । 

हलमा हिन्दीमा प्रदर्शन भएको फिल्म ओटीटी प्रदायक जी फाइभमा तमिल, तेलेगु, कन्नडा भाषामा पनि रिलिज हुनेछ । फिल्मलाई दर्शकले मे १३ मा हेर्न पाउनेछन् । 

नर्थ इन्डियाका सहरहरुमा हलमा कमाल गरेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ । निर्देशक विवेक अग्निहोत्री नेक्स्ट प्रोजेक्ट ‘दिल्ली फाइल्स’ मा लगेपछि ‘द कश्मीर फाइल्स’ लाई ओटीटी रिलिज गर्न लगिएको हो । 

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ०४ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको