महोत्तरीमा कांग्रेसका बागी उम्मेदवारसहित ३२ जना निष्कासित « Khabarhub

महोत्तरीमा कांग्रेसका बागी उम्मेदवारसहित ३२ जना निष्कासित


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ ।

अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको महोत्तरी कांग्रेसले जनाएको छ ।

पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका जिल्लाका ३२ जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरि निष्कासन गरिएको जिल्ला सभापति नागेस्वर यादवले जानकारी दिए ।

निष्कासनमा पर्नेहरूमा बर्दिबासबाट कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्रीलगायत छन् ।

प्रह्लाद क्षेत्रीका साथै बर्दिबास नगरपालिकी तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जनालाई कारबाही गरिएको छ ।

त्यसैगरी गौशाला नगरपालिकाका प्रमोदकुमार झा, पिपरा गाउँपालिकाका विजय यादव र प्रभास यादव, एकडारा गाउँपालिकाका मनोज कुमार झा, राम स्नेही मण्डल, शिवकुमारी यादव र गौरीसंकर मिश्र, महोत्तरी गाउँपालिकाका छेदी चौधरी, जिवछ यादव, सिलादेवि, जिबछ पण्डित, राम नरेश राय, कारी कापर, सोनाम गाउँपालिकाका सञ्जीव यादव, उपेन्द्र यादव, आसिना नदाफ, सन्तोषकुमार यादव, विनय यादव र रामवली यादव कारबाहीमा परेका छन् ।

उनीहरूलाई उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न पाटीबाट पटक-पटक अनुरोध गर्दा पनि अटेरी गरेकाले कारबाही गरिएको सभापति यादवले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : २२ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी