गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम गरेको छैनः ओली « Khabarhub

गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम गरेको छैनः ओली


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरेका छन् ।

रौतहट सदरमुकाम गौरमा आज आयोजित चुनावीसभामा अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको आरोप लगाएका छन् ।

उनले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाधक बनेको पनि आरोप लगाए ।

रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दाबीसमेत गरे ।

सभामा एमाले स्थायी समिति सदस्य प्रभु साहले एमालेले मात्रै मधेशको विकास गर्न सक्ने जिकिर गरे ।

मधेश प्रदेश सरकारले सङ्घीयता र समावेशीताको आधारमा केही गर्न नसकेको आरोप लगाउँदै उनले एमालेको नेतृत्वमा देश र मधेश समृद्ध हुने दाबी गरे ।

आजै अध्यक्ष ओलीले एमालेद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चुनावीसभासमेतलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ०५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको