जिम्बावेबिरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै | Khabarhub Khabarhub

जिम्बावेबिरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो एक दिवसीय खेलमा अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’सँग खेल्दैछ ।

कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे। जिम्बाब्वे पहिला ब्याटिङ गर्दैछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ।

नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बाब्वे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा सुशन भारी र आदिल अन्सारीलाई बेन्चमा राख्दा विनोद भण्डारी र सुनिल धमलालाई सेटमा राखिएको छ ।

यस्तो छ नेपाली टिम:
सन्दीप लामिछाने (कप्तान) मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : १८ बजे

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटल व्यवसाय पर्यटनसँग

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

बेइजिङ – चीनको राजधानी बेइजिङमा चिनियाँ भिक्ट्री परेड भएको छ

सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते

नवलपरासी– बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा

एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिज सिरिजको मिति परिवर्तन

काठमाडौं – एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिजबीचको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । बैठक