निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री बिक्री वितरणमा रोक | Khabarhub Khabarhub

निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री बिक्री वितरणमा रोक


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री बिक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ३० वैशाखमा हुने हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिराजन्य सामग्रीहरूको बिक्री वितरणमा पूर्ण रुपमा बन्द गर्न कार्यालयले उर्दी जारी गरेको हो ।

निर्वाचन प्रचार प्रसारमा रक्सी पिएर हिंसात्मक गतिविधि हुन सक्ने आँकलन गर्दै प्रशासनले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार रात्रिकालीन व्यवसायमासमेत कडाइ गरिएको छ ।

पोखराका पर्यटन व्यवसायीसँगको छलफलपछि उक्त निर्णय गरिएको हो । व्यवसायीले सरकारको निर्देशन पालना गर्ने बचन दिएका छन् । वैशाख २७ गते राति १२ बजेपछि मौन अवधिभर मदिना बिक्री वितरण पूर्णरूपमा बन्द गरेर मात्रै व्यावसाय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

प्रशासनले विज्ञप्ति निकालेर रक्सीजन्य पदार्थ नबेच्न भनेको छ । 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : ०४ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का