म्याग्दीमा मतदान अधिकृतहरूलाई तालिम दिइँदै « Khabarhub

म्याग्दीमा मतदान अधिकृतहरूलाई तालिम दिइँदै


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि म्याग्दीमा तालिम सञ्चालन गरिएको छ ।

जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई शनिबारदेखि बेनीमा तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

“धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका पुरै, रघुगङ्गाको ४, ५, ६, ७ र ८ का मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगङ्गाको १, २ र ३ नम्बर वडाका अधिकृतलाई आइतबार तालिम सञ्चालन गर्दछौँ,” उनले भने ।

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ मतदाता छन् ।

दुई सय पैँतिस पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदान र सहायक मतदान अधिकृत नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : ०६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको