गठबन्धनले ओलीको एकक्षत्र राजको अन्त्य भएको छ : पौडेल | Khabarhub Khabarhub

गठबन्धनले ओलीको एकक्षत्र राजको अन्त्य भएको छ : पौडेल


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वनाशभन्दा अर्धनाश जाति भएकाले कांग्रेसले गठबन्धन गरेको बताएका छन् ।

नेपाली कांग्रेसले तनहुँको दमौलीमा शनिबार गरेको चुनावी सभामा नेता पौडेलले कम्प्रमाइज गर्दा कहीँकतैँ कांग्रेसका कार्यकर्ताले रुखमा मात्रै नभएर हसिया हथौँडा, कलम र छातामा भोट हाल्नुपर्ने भएको बताए ।

उनले भने, ‘त्यो सम्झौता हो । संविधान पनि सम्झौताको दस्ताबेज हो । राजनीति पनि सम्झौताको दस्ताबेज हो । सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ । आँट गर्नुपर्छ । हामीले एउटा नगरपालिकामा हसिया हथौँडामा छाप लगायौँ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन् । कुरा त बुझ्नपर्‍यो नि हामीले तीन वटा महानगरपालिका लिएर अरुलाई एक–एक महानगर दिएका छौँ । यो लेनदेन हो । जम्मै हारेर सर्वनाश हुनुभन्दा अर्धनाश जाति हुन्छ नि । त्यसो भएको हुनाले हामीले जति प्राप्त गर्छौँ सही रूपमा प्राप्त गर्छौँ । हामीले स्थानीय तहमा सर्वत्र विजयी हासिल गछौँ । र त्यसका निम्ति यो गठबन्धन हो ।’

संसदीय व्यवस्थालाई निरन्तर प्रहार भएपछि गठबन्धन भएको उनले स्पष्ट पारे । अस्थितरताको कारण देशले निकास नपाएको उनको भनाइ छ । केपी ओलीलाई नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ लैजाने ग्राण्ड डिजाइन भएको नेता पौडेलले बताए ।

अस्थिरताको अन्त्य गर्दै राजनीतिक स्थिरताको लागि गठबन्धन भएको वरिष्ठ नेता पौडेलको दाबी छ । ‘यो देशमा भ्रष्ट्राचार कमिसनतन्त्रको खेल धेरै भए । जनतामाथि शोषण, राजनीतिमा भ्रष्ट्राचार घुस्दैछ । त्यसबाट पनि देशलाई मुक्त गर्नु परेको छ,’ उनले भने । उनले गठबन्धनलाई प्रगतिशील शक्तिहरूको एकताको संज्ञा दिए । गठबन्धनले केपी ओलीको एकक्षत्र राजको अन्त्य भएको पौडेलको जिकिर छ । गठबन्धनलाई अन्डरस्टेमेट गर्नेको सामाना गर्न आफू तयार रहेको नेता पौडेलले बताए ।

आफू पार्टी सभापति शेरबहादुर देउवाको लाइनमा नगएको जिकिर पनि गरे । बरु आफ्नो लाइनमा देउवा आएको उनले दाबी गरे ।

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : २५ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका