चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा  « Khabarhub

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा 


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । 

दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो । 

चलचित्र पत्रकार संघले विक्रम संवत २०७७ को चलचित्र पत्रकारिता सम्मानबाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कार राशि जनही २५ हजार राखिएको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रीना मोक्तानलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

यस्तै वर्ष २०७८ को चलचित्र पत्रकारिता सम्मानबाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मानित गर्ने निर्णय गरेको छ । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही ५१ हजार रहेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मनोज न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षबाट थपिएको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट कास्कीका रेम विकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

यस्तै, २०७९ को चलचित्र पत्रकारिता सम्मानबाट राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गर्ने निर्णय गरिएको छ । यसै वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ भने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट उद्धव रसाइलीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । यसवर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । 

‘हामीले कोरोना भाइरसको महामारीमा गर्न नसकेको पुरस्कार तथा सम्मानलाई एकै पटक प्रदान गर्ने गरि घोषणा गरेका छौँ  यसलाई एकै पटक प्रदान गर्ने तयारी छ’ अध्यक्ष सिटौलाले भने । संघले एक कार्यक्रमको आयोजना गरेर सम्मान तथा पुरस्कार प्रदान गर्ने बताएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : ३३ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि