शहीद स्मारक सी डिभिजन लिग : समाज कल्याणको तेस्रो जित « Khabarhub

शहीद स्मारक सी डिभिजन लिग : समाज कल्याणको तेस्रो जित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा समाज कल्याणले वीरगंज युथ एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

समाज कल्याणका लागि सृजन चेमताङ र चन्दन कुमारले १–१ गोल गरे भने वीरगंजका लागि सृजनले १ गोल गर्न सफल भए । खेलको ३२ औँ मिनेटमा सृजनले गोल गरेर वीरगंजलाई अग्रता दिलाए ।

खेलको ६६ औँ मिनेटमा चन्दन कुमारले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काए । खेल १–१ गोलको बराबरीमा प्रवेश गर्‍यो ।

राकेश विश्वकर्माले खेलको ७८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै समाज कल्याणलाई अग्रता दिलाए ।

यसपश्चात दुवै टोलीले गोल गर्न असफल हुँदा बाजी समाज कल्याणले मार्‍यो । समाजका रुपेश अधिकारी म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा प्लानिङ ब्वाईज युनाईटेड र रानीवन स्पोर्टस् क्लब आजै भिड्ने छन् । ९ अंकसहित प्लानिङ ९ औँ स्थानमा छ भने रानीवन ७ अंकसहित सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : ५७ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व