शहीद स्मारक सी डिभिजन लिग : समाज कल्याणको तेस्रो जित « Khabarhub

शहीद स्मारक सी डिभिजन लिग : समाज कल्याणको तेस्रो जित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा समाज कल्याणले वीरगंज युथ एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

समाज कल्याणका लागि सृजन चेमताङ र चन्दन कुमारले १–१ गोल गरे भने वीरगंजका लागि सृजनले १ गोल गर्न सफल भए । खेलको ३२ औँ मिनेटमा सृजनले गोल गरेर वीरगंजलाई अग्रता दिलाए ।

खेलको ६६ औँ मिनेटमा चन्दन कुमारले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काए । खेल १–१ गोलको बराबरीमा प्रवेश गर्‍यो ।

राकेश विश्वकर्माले खेलको ७८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै समाज कल्याणलाई अग्रता दिलाए ।

यसपश्चात दुवै टोलीले गोल गर्न असफल हुँदा बाजी समाज कल्याणले मार्‍यो । समाजका रुपेश अधिकारी म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा प्लानिङ ब्वाईज युनाईटेड र रानीवन स्पोर्टस् क्लब आजै भिड्ने छन् । ९ अंकसहित प्लानिङ ९ औँ स्थानमा छ भने रानीवन ७ अंकसहित सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : ५७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल