सदन खुलेलगतै नागरिकता विधेयक पारित गछौँँ : प्रचण्ड « Khabarhub

सदन खुलेलगतै नागरिकता विधेयक पारित गछौँँ : प्रचण्ड


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानका लागि संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि आरोप लगाए ।

सभाअघि भएको र्‍यालीमा प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, जनकपुरधामका मेयर उम्मेदवार लालकिशोर साहसहित गठबन्धनका नेताहरू सहभागी भएका थिए ।

यता, नागरिकताबाट बञ्जित युवाहरूले भने गठबन्धनको सरकारले सदनमा नेकपा एमालेको विरोधका बाबजुद अन्य विधेयकहरू पारित गरेको भए पनि नागरिकता विधेयक पारित गर्न चासो नदेखाएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : १७ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’