सदन खुलेलगतै नागरिकता विधेयक पारित गछौँँ : प्रचण्ड « Khabarhub

सदन खुलेलगतै नागरिकता विधेयक पारित गछौँँ : प्रचण्ड


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानका लागि संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि आरोप लगाए ।

सभाअघि भएको र्‍यालीमा प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, जनकपुरधामका मेयर उम्मेदवार लालकिशोर साहसहित गठबन्धनका नेताहरू सहभागी भएका थिए ।

यता, नागरिकताबाट बञ्जित युवाहरूले भने गठबन्धनको सरकारले सदनमा नेकपा एमालेको विरोधका बाबजुद अन्य विधेयकहरू पारित गरेको भए पनि नागरिकता विधेयक पारित गर्न चासो नदेखाएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : १७ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान