कांग्रेसले गर्‍यो गोरखामा ६ जना बागीलाई कारबाही | Khabarhub Khabarhub

कांग्रेसले गर्‍यो गोरखामा ६ जना बागीलाई कारबाही


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाली कांग्रेस गोरखाले ६ जना बागी उम्मेदवारलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

शनिबार जिल्ला अनुशासन समितिका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको बताएका हुन् ।

कारबाहीमा पर्ने मध्ये आरुघाट गाउँपालिका वडा नम्बर-७ का रणबहादुर बराम, पालुङटार नगरपालिका वडा नम्बर-४ का स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद सोडारी, वडा नम्बर १० का अमर धिताल र सरस्वती भारती, गोरखा नगरपालिका वडा नम्बर-४ का लालप्रसाद भट्टराई, गोरखा नगरपालिका वडा नम्बर ६ का रंगुबाबु श्रेष्ठ रहेका छन् ।

उनीहरू सबैलाई पार्टीको विधान अनुसार पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

बागी उम्मेदवार सबैलाई गत बिहीबारसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो । तर, तोकिएको समयसम्म पनि उम्मेदवारी फिर्ता नगर्ने र स्थगनको घोषणा नगर्नेलाई विधानतः स्वतः कारबाही गरिएको सभापति न्यौपानेले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ५५ बजे

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 

नयाँ दिल्ली– इरानबाट २९२ भारतीय नागरिक लिएर एक विमान मङ्गलबार

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

विदेशमा सीप सिकेर स्वदेशमा उद्यमी

भोजपुर– भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट