डोटीमा जिप दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर « Khabarhub

डोटीमा जिप दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । 

आदर्श गाउँपालिकाबाट दिपायलतिर आइरहेको शिलेश्वरी यातायातको से १ ज ७८५ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दिपायल सिलगढी नगरपालिका-१ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् । जिपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ५१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग