डोटीमा जिप दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर « Khabarhub

डोटीमा जिप दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । 

आदर्श गाउँपालिकाबाट दिपायलतिर आइरहेको शिलेश्वरी यातायातको से १ ज ७८५ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दिपायल सिलगढी नगरपालिका-१ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् । जिपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ५१ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको