पोखरामा पाँच दलीय गठबन्धनबाट जसपा अलग्गियो | Khabarhub Khabarhub

पोखरामा पाँच दलीय गठबन्धनबाट जसपा अलग्गियो


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जनता समाजवादी पार्टीले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ ।

जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए ।

आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि उनले आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पारेका हुन् ।

‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचारबारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भएको छ । गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ,’ उनले भने, ‘व्यवहारतः यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन । हाम्रो पार्टीको अनुमति बिना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौँ ।’

उनले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौंँ,’ उनले अघि लेखेका छन्, ‘हाम्रो पार्टीको नाम ,झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौँ ।’ जसपाले वडा नम्बर २२ को अध्यक्ष आफ्नो पार्टीलाई मागेको थियो ।

तर कांग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका छन् । यहाँ जसपाबाट अध्यक्ष क्षेत्रीकै श्रीमती चुनाव लडेकी छिन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : १९ बजे

सरकारले संसद्को अवहेलना गर्‍यो : हितराज पाण्डे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारमाथि संसद्को अवहेलना

समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड   

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरूमा समाधान

ट्रम्पको चेतावनी- युक्रेन कुनै दिन रुसी हुनसक्छ

एजेनसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स

आठ करोडमा बनाइयो पालिकाको पक्की भवन

त्रिवेणी– आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा

संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग

काठमाडौं– नेपाली कांग्रेसको सांसद दीपक गिरीले स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास