शाहरुखसँग कस्तो छ अजयको सम्बन्ध ? « Khabarhub

शाहरुखसँग कस्तो छ अजयको सम्बन्ध ?


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– अभिनेता अजय देवगण अभिनीत फिल्म ‘सन् अफ सरदार’ र शाहरुख खान अभिनीत फिल्म ‘जब तक है जान’ बक्स अफिसमा भिडे पश्चात यी दुईको सम्बन्ध ठीकठाक नरहेको खबर मिडियामा आइरहेका छन् ।

मिडिया मात्र नभई यी दुईका फ्यान क्लबका सदस्यहरू पनि एकआपसमा भिड्ने गरेका छन् । यद्यपि वास्तविकता त्यस्तो नहुने अजयले बताएका छन् । आफ्नो फिल्म ‘रन वे ३४’ प्रचारप्रसारको क्रममा अजयले आफ्नो सम्बन्ध शाहरुखसँग सुमधुर रहेको बताएका छन् । 

‘कहिले कँही हाम्रो फ्यान क्लबमा रहेका फ्यानहरु भिड्ने गरेका छन् । त्यो हेर्दा दुई कलाकार भिडे जस्तो लाग्ला । यद्यपि वास्तविकता त्यो होइन । हामी त्यसलाई गम्भीरतापूर्वक लिदैनौ’ अजयले भने । उनले आफूहरू बीच फोनमा कुराकानी हुने र मिडियामा आए जस्तो सम्बन्ध नबिग्रिएको बताए । ‘हाम्रो सत्यता कमै मिडियामा आउने गरेका छन् । केवल हल्लाको भरमा आउने समाचारको के कुरा गर्नु’ अजयले भने । 

अजय अभिनीत तथा निर्देशित फिल्म ‘रन वे ३४’ प्रदर्शनरत छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : १० बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा