सार्वजनिक ठाउँमा अनुहार छोप्न महिलाहरूलाई तालिबानको उर्दी « Khabarhub

सार्वजनिक ठाउँमा अनुहार छोप्न महिलाहरूलाई तालिबानको उर्दी


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले महिलाहरुलाई सार्वजनिक ठाउँमा बुर्का लगाउन उर्दी जारी गरेको छ ।

तालिबानले सार्वजनिक स्थानमा सबै महिलाहरूलाई अनुहार ढाक्ने पहिरन लगाउन निर्देशन दिएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

यसबाहेक तालिबानले महिलाहरूलाई लामो दूरीको एक्लै यात्रा गर्ने अधिकारबाट समेत बञ्चित गरेको जनाइएको छ । यस्तै, तालिबानले महिलाहरूलाई स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गर्न पनि बन्देज लगाएको गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

महिलाहरूले बुर्का लगाउने नियम कार्यान्वयनको जिम्मा भने उनै महिलाका अभिभावक, नातेदार वा रोजगारदातालाई दिइएको बताइएको छ ।

कोही महिलाले सार्वजनिक स्थानमा अनुहार नछोपेको खण्डमा ती महिलाका ‘अभिभावक’ लाई सजाय हुने व्यवस्था राखिएको छ । महिलाहरू घरबाट बाहिर ननिस्किऊन् भन्नाका लागि यस्तो नियम ल्याइएको हो ।

‘अफगानिस्तानका सबै स्वाभिमानी महिलाहरूलाई हिजाब लगाउनु आवश्यक छ र सबैभन्दा राम्रो हिजाब चदोरी हो, जुन हाम्रो संस्कारको एउटा हिस्सा पनि हो ।’ अफगानिस्तानको दुराचार तथा सदाचार मन्त्रालयका अधिकारी शिर मोहम्मदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

‘जति पनि महिलाहरू छन्, जो धेरै बूढा छैनन्, धेरै कलिला पनि छैनन्, उनीहरूले आँखाबाहेक सबै अनुहार छोप्नुपर्छ ।’ उनले भने ।

अनुहारलाई पुरै छोप्ने किसिमको अफगानिस्तानको परम्परागत बुर्कामा आँखाबाट हेर्नका लागि स–साना प्वालहरु मात्र पारिएको हुन्छ ।

यता अफगानिस्तानका मानव अधिकारवादीहरुले भने तालिबानको पछिल्लो कदमको चर्को निन्दा गरेको गार्जियनले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ४५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ