डिज्नेले हिन्दी फिल्म वितरण गर्ने « Khabarhub

डिज्नेले हिन्दी फिल्म वितरण गर्ने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रनवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको  ‘ब्रम्हास्त्र’ लाई विश्वभर डिज्नेले वितरण गर्ने भएको छ । 

सेप्टेम्बर ९ मा प्रदर्शन  हुने फिल्मसँगै हिन्दी फिल्म दि वाल्ट डिज्नेले वितरणको जिम्मा लिएको पहिलोपटक हो । आयान मुखर्जी निर्देशित दुई भागमा बनेको फिल्मको पहिलो भाग ‘ब्रम्हास्त्र भाग १ः शिवा’ डिज्नेले वितरण गर्न लागेको हो । 

फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्ममा अमिताभ बच्चन र नागार्जुन पनि महत्वपूर्ण भूमिकामा रहेका छन् । पौराणिक मिथमा आधारित फिल्ममा भिज्यवुल इफेक्टस्को राम्रो प्रयोग भएको चर्चा छ । निर्माण टिमले केही दिनमै यसको ‘केसरिया’ बोलको गीत सार्वजनिक गर्दैछ । हिन्दीबाहेक यो फिल्म तमिल, तेलगु, मलयालम र कन्नडा भाषामा पनि रिलिज हुने चर्चा छ । 

डिज्नेले ‘ब्रम्हास्त्र’ सँगै ‘थोर लभ एन्ड थन्डर’, ‘ब्ल्याक प्यान्थर’, ‘अवतार’ आदि फिल्म रिलिज गर्दैछ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : ३२ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ