डिज्नेले हिन्दी फिल्म वितरण गर्ने « Khabarhub

डिज्नेले हिन्दी फिल्म वितरण गर्ने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रनवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको  ‘ब्रम्हास्त्र’ लाई विश्वभर डिज्नेले वितरण गर्ने भएको छ । 

सेप्टेम्बर ९ मा प्रदर्शन  हुने फिल्मसँगै हिन्दी फिल्म दि वाल्ट डिज्नेले वितरणको जिम्मा लिएको पहिलोपटक हो । आयान मुखर्जी निर्देशित दुई भागमा बनेको फिल्मको पहिलो भाग ‘ब्रम्हास्त्र भाग १ः शिवा’ डिज्नेले वितरण गर्न लागेको हो । 

फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्ममा अमिताभ बच्चन र नागार्जुन पनि महत्वपूर्ण भूमिकामा रहेका छन् । पौराणिक मिथमा आधारित फिल्ममा भिज्यवुल इफेक्टस्को राम्रो प्रयोग भएको चर्चा छ । निर्माण टिमले केही दिनमै यसको ‘केसरिया’ बोलको गीत सार्वजनिक गर्दैछ । हिन्दीबाहेक यो फिल्म तमिल, तेलगु, मलयालम र कन्नडा भाषामा पनि रिलिज हुने चर्चा छ । 

डिज्नेले ‘ब्रम्हास्त्र’ सँगै ‘थोर लभ एन्ड थन्डर’, ‘ब्ल्याक प्यान्थर’, ‘अवतार’ आदि फिल्म रिलिज गर्दैछ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : ३२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ