टेरेन्ससँग नोराको सम्बन्ध के हो ? « Khabarhub

टेरेन्ससँग नोराको सम्बन्ध के हो ?


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका कोरियोग्राफर टेरेन्स लुइस र डान्स क्विन नोरा फतेहीको केमेष्ट्री रियालिटी शो मा देखिने गरेको छ ।

 डान्सिङ शोहरुमा यी दुईले स्टेज सेयर गर्दा देखिने केमेष्ट्रीलाई दर्शकले रुचाउने गरेका छन् । त्यसैले गर्दा नोरासँग टेरेन्सको सम्बन्ध रहेको चर्चा बेलाबखतमा चल्ने गरेको छ । रियालिटी शोहरुमा यी दुईको चर्चा विशेष हुने गरेको छ । यसैले गर्दा गसिप समेत हुने गरेको छ । 

हालै टेरेन्सले एक अन्तर्वार्ताका क्रममा आफ्नो र नोराको सम्बन्धका बारेमा बोलेका छन् । ‘हामी स्टेजमा रहेसम्म केमेष्ट्री राम्रो बनाउन कुनै कसर बाँकी राख्दैनौ । तर हामी बीच त्यस्तो प्रेम सम्बन्ध छैन । यद्यपि प्रेम छ’ टेरेन्सले भने । उनले नोरासँग दैनिक भेटघाट वा फोनमा कुराकानी नहुने भएता पनि आफूहरूले मित्रताको रिलेशन मेन्टेन गरेको बताए । ‘हामीले आफ्नो सम्बन्धलाई मेन्टेन गरेका छौँ । नोरा पोजेटिभ इनर्जी भएको एक सुन्दरी हुन् । उनीसँग स्टेज सेयर गर्दा खुशी लाग्छ’ उनले भने । 

सुरुवाती समयमा नोरालाई टेरेन्सकै नजिकका मित्र कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको क्याम्पकी डान्सरको रुपमा चिनिन्थ्यो । डान्स मार्फत दर्शकको मन जितेकी नोराले विस्तारै फिल्ममा समेत अविने गर्न थालिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : २४ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल