ओटीटीमा 'आरआरआर' को रिलिज तय | Khabarhub Khabarhub

ओटीटीमा ‘आरआरआर’ को रिलिज तय


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ ।

 एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब यो फिल्म ओटीटीमा आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् । फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल, तेलुगु, कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । हिन्दी बाहेकका अन्य भाषामा रहेको फिल्म यही महिना मेकै २० तारिखमा उपलब्ध हुनेछ । 

दर्शकमा फिल्म प्रति रहेको क्रेजलाई कायमै गर्न ‘आरआरआर’ लाई ओटीटीमा ल्याउन लागिएको निर्माण पक्षले बताएका छन् । ‘बाहुबली’ को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो । बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो ।

बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भएकै कारण दर्शकले फिल्मलाई मन पराएका छन् । फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ । फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । 

ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ५२ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ