जी ७ का नेताद्वारा जेलेन्स्कीसँग छलफल, रुसी ऊर्जा माथिको निर्भरता हटाउने प्रतिबद्धता « Khabarhub

जी ७ का नेताद्वारा जेलेन्स्कीसँग छलफल, रुसी ऊर्जा माथिको निर्भरता हटाउने प्रतिबद्धता


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका ७ प्रमुख अर्थतन्त्रहरूको समूह जी ७ का नेताहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गरेका छन् ।

जी ७ का नेताहरूले भिडियो लिंकमार्फत जेलेन्स्कीसँग युक्रेनमा जारी रुसी आक्रमणका बारेमा छलफल गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

छलफलका क्रममा जी ७ का नेताहरूले रुसबाट हुने तेल तथा अन्य उर्जाको आयातलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने वा विस्तारै कटौति गर्दै लैजाने विषयमा सहमति गरेका छन् ।

छलफलका क्रममा अमेरिकाले रुसको प्रमुख बैंक गाजप्रोमबैंकका कार्यकारीहरू तथा रुसका अन्य व्यवसायिक संस्थाहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको रोयटर्सले जनाएको छ ।

‘हामी रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाएर वा कटौती गरेर रुसी ऊर्जाबाट हाम्रो निर्भरता हटाउन प्रतिबद्ध छौँ ।’ जी ७ का नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘हामी यस कार्य सुमधुर एवम् समय साक्षेप रुपमा गर्नेछौँ ।’

‘दिगो विश्वव्यापी उर्जा आपूर्ति तथा उपभोक्ताका लागि सुपथ मूल्य सुनिश्चित गर्न हामी सँगै र हाम्रा साझेदारहरुसँग काम गर्नेछौँ ।’ संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ४१ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक