सलमानको ‘ह्याट्रिक’ नजुरेको निर्देशक « Khabarhub

सलमानको ‘ह्याट्रिक’ नजुरेको निर्देशक


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका भाइजान अर्थात् सलमान खानको पछिल्लो समय ठीकठाक छैन । 

उनको फिल्महरू पछिल्लो समय हिटको तुलनामा असफल धेरै छन् । जसलाई उनकै फ्यानले समेत रुचाएका छैनन् । केही दिन अगाडि मात्र साउथ इन्डियामा बलिउडका फिल्महरू नचल्ने समस्या बारे बोलेका सलमान  सलमानले आफ्ना दुई प्रिय निर्देशकसँग ह्याट्रिक गर्ने मौका पाएनन् । उनका नजिकका दुई निर्देशक कबीर खान र अलि अब्बास जफर हुन् । उनले दुवैसँग सुरुवातका दुई फिल्म सफल बनाए पनि ह्याट्रिक भने गर्न सकेनन् ।

सलमान खानको सुरुवात कबीर खानसँग राम्रै भयो । सन् २०१२ मा सलमान र कबीरको पहिलो फिल्म एक था टाइगर आएको थियो । हावादारी फिल्म गरिरहेका सलमानलाई उक्त फिल्मबाट प्रशंसा त मिल्यो नै नयाँ उपनाम समेत पाए  ‘टाइगर’ । त्यसपछि सलमानले दोस्रो सहकार्य गरे , ‘बजरंगी भाइजान’ । सन् २०१५ मा यो जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’ लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रुपमा लिइयो । फिल्ममा मनोरञ्जन त थियो नै साथमा दमदार कथा पनि । तर, त्यसपछि यी दुईको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो । असफलतासँगै दुई बीच दूरी बढ्यो । त्यसपछि सलमान सुल्तानका निर्देशक अलि अब्बास जफरसंग नजिकिए । लगातार सफलतामा सलमानले कविरसँगै ह्याट्रिक गर्न सकेनन् । बजरंगी भाइजानले जति चर्चा पायो, ट्युबलाइटले त्यति नै आलोचना ।

कबीरसँग टाढिएपछि सलमानका प्रिय निर्देशक भए, अलि अब्बास जफर । अलिले सलमानसँग सन् २०१६ मा काम गरे, सुल्तानमा । यो फिल्मले सलमानलाई उपनाम त दियो नै साथै बक्सअफिसमा हिट पनि बनायो । त्यसपछि यी दुईको सहकार्य सन् २०१७ मा रिलिज भएको फिल्म ‘टाइगर जिन्दा है’ मा देखियो । यो फिल्म पनि बलिउड बक्स अफिसमा अत्यधिक सफल रह्यो । फिल्मले सलमानको फ्यानलाई निराश बनाएन । तर, यही जोडीको फिल्म ‘भारत’ भने सफल हुन् सकेन । नत सलमानको फ्यानले नै तारिफ गर्न सके नत बक्सअफिसमा नै फिल्मको कमाल देखियो । 

अन्तत सलमानले अलिसँग पनि ह्याट्रिक गर्न सकेनन् । लगातार दुई फिल्म सफल भएता पनि सलमानले नजिकका दुई निर्देशकसँग ह्याट्रिक गर्न सकेनन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : ३८ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा