सलमानको 'ह्याट्रिक' नजुरेको निर्देशक | Khabarhub Khabarhub

सलमानको ‘ह्याट्रिक’ नजुरेको निर्देशक


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका भाइजान अर्थात् सलमान खानको पछिल्लो समय ठीकठाक छैन । 

उनको फिल्महरू पछिल्लो समय हिटको तुलनामा असफल धेरै छन् । जसलाई उनकै फ्यानले समेत रुचाएका छैनन् । केही दिन अगाडि मात्र साउथ इन्डियामा बलिउडका फिल्महरू नचल्ने समस्या बारे बोलेका सलमान  सलमानले आफ्ना दुई प्रिय निर्देशकसँग ह्याट्रिक गर्ने मौका पाएनन् । उनका नजिकका दुई निर्देशक कबीर खान र अलि अब्बास जफर हुन् । उनले दुवैसँग सुरुवातका दुई फिल्म सफल बनाए पनि ह्याट्रिक भने गर्न सकेनन् ।

सलमान खानको सुरुवात कबीर खानसँग राम्रै भयो । सन् २०१२ मा सलमान र कबीरको पहिलो फिल्म एक था टाइगर आएको थियो । हावादारी फिल्म गरिरहेका सलमानलाई उक्त फिल्मबाट प्रशंसा त मिल्यो नै नयाँ उपनाम समेत पाए  ‘टाइगर’ । त्यसपछि सलमानले दोस्रो सहकार्य गरे , ‘बजरंगी भाइजान’ । सन् २०१५ मा यो जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’ लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रुपमा लिइयो । फिल्ममा मनोरञ्जन त थियो नै साथमा दमदार कथा पनि । तर, त्यसपछि यी दुईको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो । असफलतासँगै दुई बीच दूरी बढ्यो । त्यसपछि सलमान सुल्तानका निर्देशक अलि अब्बास जफरसंग नजिकिए । लगातार सफलतामा सलमानले कविरसँगै ह्याट्रिक गर्न सकेनन् । बजरंगी भाइजानले जति चर्चा पायो, ट्युबलाइटले त्यति नै आलोचना ।

कबीरसँग टाढिएपछि सलमानका प्रिय निर्देशक भए, अलि अब्बास जफर । अलिले सलमानसँग सन् २०१६ मा काम गरे, सुल्तानमा । यो फिल्मले सलमानलाई उपनाम त दियो नै साथै बक्सअफिसमा हिट पनि बनायो । त्यसपछि यी दुईको सहकार्य सन् २०१७ मा रिलिज भएको फिल्म ‘टाइगर जिन्दा है’ मा देखियो । यो फिल्म पनि बलिउड बक्स अफिसमा अत्यधिक सफल रह्यो । फिल्मले सलमानको फ्यानलाई निराश बनाएन । तर, यही जोडीको फिल्म ‘भारत’ भने सफल हुन् सकेन । नत सलमानको फ्यानले नै तारिफ गर्न सके नत बक्सअफिसमा नै फिल्मको कमाल देखियो । 

अन्तत सलमानले अलिसँग पनि ह्याट्रिक गर्न सकेनन् । लगातार दुई फिल्म सफल भएता पनि सलमानले नजिकका दुई निर्देशकसँग ह्याट्रिक गर्न सकेनन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : ३८ बजे

बसुन्धरा–कोटेश्वर खण्डमा चक्रपथ साँघुरो पार्ने पाँच विवाद

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँको भित्री चक्रपथको कुल लम्बाइ २६.८

डेङ्गी सङ्क्रमणको जोखिम कायमै, थप सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले

हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु

वाग्मती– चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको

विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन 

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय

निजामती कर्मचारी स्थायी सरकार हो : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका