सबै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौँ : डा. महत | Khabarhub Khabarhub

सबै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौँ : डा. महत


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुुर्‍याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदाताहरूमा अनुरोध गरेको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कुनै किसिमको प्रलोभन, डर, धाक, धम्कीमा नपरी मतदान गर्न आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन हुनेमा पार्टी विश्वस्त रहेको बताए ।

उनले भने, “हामीले ७५३ वटै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौँ ।”

चितवनमा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएकामा त्यसको निन्दा गर्दै दोषीमाथि उनले कारबाहीको माग गरेका छन् । उनले रुकुम पश्चिम, बाजुरा, सप्तरी, सिन्धुपाल्चोक, नुवाकोट, पाण्डुसेनलगायत केही स्थानमा छिटफुट झडपका घटनाको विषयमा जानकारी दिँदै निर्भयपूर्वक मतदानका लागि वातावरण सिर्जना गर्न पार्टीका तर्फबाट उनले सरकारसँग आग्रह गरे ।

पार्टीले स्थानीय सरकारलाई नागरिकको सेवकमा रूपान्तरण गर्ने, जनतामुखी नीति उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्दै सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर उपलब्ध गराउने, वडाबाटै नागरिकमैत्री सेवाप्रवाह, घरदैलोमा सेवा ‘अगुवा विद्यालय’ को स्थापना, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा, सार्वजनिक स्थानमा निःशुल्क वाईफाई, छात्रालाई निःशुल्क सेनिटरी प्याड, पर्याप्त शिक्षक दरवन्दीको व्यवस्था , एक शिक्षक एक ल्यापटपको व्यवस्था तथा शिक्षामा हुने लगानी अहिलेको भन्दा दोब्बर गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए ।

उनले हरेक तहमा उद्यम विकास केन्द्र र रोजगार बैंक, वैदेशिक रोजगारीमा जानेलाई सीपमूलक तालिम, एक वर्षभित्रै संविधानका अधिकार लिने कानुन निर्माण, न्याय सम्पादनमा जनशक्तिको व्यवस्था, पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण, यथार्थपरक बजेट निर्माण भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन एक हेक्टरभन्दा कम वन रहेका ३०५ भन्दा धेरै स्थानीय तहमा वनको विकास तथा ‘फोहरबाट मोहर आर्जन’ गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ पार्टीले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ०४ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न