भगवान मान्ने कार्तिक « Khabarhub

भगवान मान्ने कार्तिक


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक आर्यन स्टारर बलिउड फिल्म  ‘भूल भुलैया २’ रिलिजको क्रममा छ । 

यसको प्रचारप्रसारमा उनले समय दिइरहेका छन् । फिल्म हरर कमेडी रहेकाले उनले त्योसँग सम्बन्धित अनुभव पत्रकार सम्मेलनमा साटिरहेका छन् । उनले एक इभेन्टमा आफूले भगवानलाई विश्वास गर्ने बताएका छन् । ‘म पोजेटिभ र नेगेटिभ इनर्जीलाई मान्छु । किनकी म जहाँ पुग्छु त्यो फिल गर्छु । त्यसैमा म पोजेटिभलाई एञ्जल र नेगेटिभलाई डेविल भन्ने गर्छु’ कार्तिकले भने । उनले आफूले भगवानमा विश्वासका साथै भरोसा गर्ने समेत जनाए । 

यद्यपि आफूले एक्लै हुँदा पनि डर महसुस नगरेको उनको भनाइ छ ।’अँध्यारोमा डर फिल्म गरेको छैन । सायद मैले भगवानलाई मान्ने भएकोले होला’ उनले भने । अनिष बज्मी निर्देशित फिल्ममा कमेडी र हरर दृश्यको स्वाद दर्शकले पाउने बताइएको छ । यद्यपि हलमा रिलिज भएसँगै फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा रिलिज हुने भएको छ । नेटफ्लिक्सले महँगो रकममा फिल्म खरिद गरेकाले यसलाई छिट्टै नै डिजिटल रिलिज गर्ने चर्चा बढ्दो छ । 

पछिल्लो समय हल रिलिज भएको केही समयमै ओटीटीमा फिल्म आउने क्रम बढ्दो छ । ‘भूल भुलैया २’ मा कार्तिकसँगै कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ । यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’ को सिक्वेल हो । 

उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिशा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो । यद्यपि सिक्वेलमा निर्देशकले नयाँ अनुहारलाई मात्र लिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : ०२ बजे

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग