स्थानीय निर्वाचन आउन चार दिन बाँकी, बाराका मतदाता अन्योलमा « Khabarhub

स्थानीय निर्वाचन आउन चार दिन बाँकी, बाराका मतदाता अन्योलमा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको दक्षिण पूर्वी र उत्तरी क्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन् ।

 स्थानीय तहको निर्वाचन हुन चार दिन मात्र बाँकी रहँदासम्म पनि बाराका अधिकांश मतदाताले मतदाता शिक्षाकाबारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन् । 

लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा स्थानीय अन्यौलमा परेका हुन् । बिभिन्न राजनीतिक दलका उम्मेदवारले निर्वाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरिकाले मतदाताका बीच जाने गरेको भए पनि जिल्ला निर्वाचन कार्यालयले भने मतदाता शिक्षामा खासै ध्यान दिएको देखिएन । 

जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले मतदाता शिक्षा सम्बन्धी सञ्चार माध्यममा प्रसारण तथा प्रकाशन गर्न लगायत मतपत्रमा मत हाल्न मतदातालाई शिक्षा दिएको जानकारी दिए । 

तर, निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी सञ्चार माध्यममा प्रसारण र प्रकाशन गर्न सदरमुकाम मात्र केन्द्रित गरेकाले जिल्लाको ग्रामीण बस्तीमा मतदाता शिक्षा प्रायः शून्य देखिएको छ ।

मतदाता शिक्षाको अभावका कारण निर्वाचनमा आधिकांश मत बदर हुने सम्भावना रहेको छ । जसको प्रत्यक्ष प्रभाव निर्वाचनको मतदान पर्ने निश्चित देखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ५५ बजे

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग