नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे « Khabarhub

नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्दैमा भ्याईनभ्याई छ ।

बिहान ८ बजेदेखि बेलुका ११ बजेसम्म उनी निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने, मतदाता भेट्ने अनि भोट माग्ने काममै व्यस्त छन् । श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका पालिकामा माओवादीका उम्मेदवारलाई जिताउन भन्दै घुँडा धसेर लागिपरेको देखिन्छ । 

तर, उनलाई आफ्नै गृह पालिका सिरानचोकमा उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । यस गाउँपालिकामा ८ वटा वडा छन् ।  स्थानीय निर्वाचन २०७४ बाट यस गाउँपालिकामा उनको गृह वडामा मात्रै माओवादीले जित हासिल गरेको थियो । 

सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा झटकप्रसाद दवाडीले माओवादीको तर्फबाट जितेका थिए । दवाडी कांग्रेसमा लोकप्रिय पाको नेताको रूपमा चिनिन्थे । तर, चुनावमा उनलाई कांग्रेसले टिकट नदिएपछि माओवादीबाट उम्मेदवार बनेका थिए ।

यद्यपि गाउँपालिका अध्यक्षमा भने माओवादीका उम्मेदवार एक सय ६७ मतले मात्रै पराजित भएका थिए । अघिल्लो निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ निर्वाचित भएका थिए भने निकटमा प्रतिद्वन्द्वी माओवादीका नवराज पुडासैनी ३ हजार २३५ मत प्राप्त गरेर पराजित भए । यस्तै, एमालेका प्रेम बहादुर गुरुङले १ हजार ७४० र तत्कालीन नयाँ शक्ति पार्टी (अहिलेको जसपा) का महेश कुमार गुरुङले १ हजार ४३१ मत पाएका थिए ।

स्थानीय निर्वाचन २०७४ को मतपरिणाम नियाल्दा यहाँ कांग्रेस पहिलो, माओवादी दोस्रो, जसपा र एमाले तेस्रो शक्तिको रूपमा देखिन्छन् । 

८ वडा रहेको यस पालिकामा ६ वटा कांग्रेस, एक माओवादी र एक जसपाले नेतृत्व गरेका छन् भने पालिका अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसका हुन् । कार्यपालिकामा पनि कांग्रेसको स्पष्ट बहुमत थियो । 

गृह पालिका भए पनि जनसंगठन बलियो नहुँदा श्रेष्ठलाई आफ्नो गृह पालिकामा पार्टीको उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने  देखिन्छ ।  तर, पनि आफ्नो निर्वाचन क्षेत्रका अधिकांश पालिका जित्ने सम्भावना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ बताउँछन् । 

‘हामीले निर्वाचन क्षेत्रका अधिकांश पालिका जित्छ भन्ने छ । त्यसैले हामी निर्वाचन क्षेत्रका पालिका केन्द्रित भएर चुनाव प्रचारप्रसार, मतदाता भेटघाट, जनसभा लगायतका कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ’, स्वकीय सचिव श्रेष्ठले भने ।

आसन्न निर्वाचनमा यस पालिकामा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र गुरुङ, माओवादीको तर्फबाट नवराज पुडासैनी, एमालेबाट देवराज श्रेष्ठ, जसपाबाट चित्र बहादुर गुरुङको प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : २४ बजे

पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ

काठमाडौँ‍- पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको घाँटीबाट सुनका

सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षीले सदनमा विरोध जारी राख्ने

काठमाडौं– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र

मन्त्री भएपछि महावीरले भने- पाँच वर्ष बस्दिनँ, तीन वर्षमै काम सक्छु

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय सम्हालेका महावीर पुनले आफू मन्त्रालयमा

रास्वपा कोशी प्रदेश अधिवेशन भोलि, सभापतिको दौडमा गेलालसहित आधा दर्जन

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन

महावीर थपिँदा र सुधनले कम ब्याक गर्दा बालेनसँग अब रक्षा मन्त्रालय मात्रै

काठमाडौँ- प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेमा दुई अनुहार आएका छन्