मेलापातमा पुगेर मतदाता रिझाउँदै उम्मेदवार « Khabarhub

मेलापातमा पुगेर मतदाता रिझाउँदै उम्मेदवार


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङका उम्मेदवारहरू मतदातालाई मेलापातमै भेटेर भोट मागिरहेका छन् । भोट माग्नका लागि घरदैलोमा निस्किएका उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताले घरमा नभेटिएका मतदातालाई मेलापातमै पुगेर भेट गर्दै मत दिनका लागि रिझाइरहेका छन् ।

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलका उम्मेदवार घरदैलोमा व्यस्त छन् ।

उम्मेदवार तथा नेता कार्यकर्ताको टोली मतदातालाई बारी खनजोत गरिरहेको, मकै र आलुको बिरुवा गोडमेल गरिरहेको, गहुँ काटिरहेको, मल ओसारिरहेको, गोठालो गरिरहेको, घर निर्माण गरिरहेको, धानको ब्याड राख्दै गरेको अवस्थामा भेटेर भोट दिन आव्हान गरिरहेका छन् । निर्वाचनको मिति नजिकिएकै गतिमा दलको चुनावी घरदैलो घनिभूत बन्दै गएको देखिन्छ ।

१० स्थानीय तह रहेको जिल्लामा सबै किसिमको हावापानी छ । अधिकांश मतदाता खेतीपातीमा निर्भर छन् । भूगोल अनुसार मतदाता खेतीकिसानीको काममा व्यस्त रहन्छन् । यो सिजनमा बेँसीका किसानलाई मकै छर्ने, गोड्ने, गहुँ भित्र्याउने लगायतका काम गर्न भ्याइनभ्याइ छ । लेकका मतदाता आलु गोड्ने र मकै गोड्ने काममा व्यस्त छन् ।

अधिकांश मतदातालाई बिहान र बेलुका मात्र घरमा भेटिन्छ । घरमा भेटिने मतदातालाई घरैमा र घरमा नभेटिएका मतदातालाई मेलापातमै भेटेर भोट माग्ने गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार राजेन्द्र राई बताउँछन् ।

कतिपय उम्मेदवारले घरमा नभेटिएका मतदातालाई नजिकै छन् भने घर आउनका लागि बोलाउने गरेका छन् भने कतिपय भने काम गरिरहेकै ठाउँमा पुगेर भोट माग्ने गरेका छन् । मेलापातमा पनि नभेटिएका मतदाताको घरमा भने खबरसहित क्यालेण्डर, चुनाव चिन्ह, नमुना मतपत्र छोडिदिने गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा जसपाबाट वडासदस्यका उम्मेदवार टंक थापाले बताए । कतिपय मतदातालाई बिहे, पास्नी र देवालीमा भेटिने गरेको उम्मेदवारहरूको भनाई छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसबाट वडाध्यक्षमा उठेका राजदेश राईले धेरैजसो मतदातालाई मकै छरिरहेको, मल ओसारिरहेको, गोलमेल गर्दै गरेको अवस्थामा भेटिएको बताउँछन् । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा एमालेबाट वडाध्यक्षमा लडिरहेका वीरेन्द्र मगरका अनुसार मतदातालाई बारीमा मकै छर्दै गरेको र गोठालोमा भेटिने गरेको छ ।

चुनावी घरदैलोका क्रममा कतिपय मतदातालाई मकै गोडमेल गरिरहेको, धानको ब्याड राखिरहेको र गोठालो गरिरहेको अवस्थामा भेटिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जमानसेर राई (युगसन किरात)ले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ०६ बजे

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग