करिश्माको ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो…’ जस्तै अर्को र्‍याप यस्तो छ « Khabarhub

करिश्माको ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो…’ जस्तै अर्को र्‍याप यस्तो छ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आइडल सिजन–२ मा ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो… बोलको र्‍याप गीत गाएर एकाएक चर्चामा आएकी सुदूरपश्चिमकी चेली करिश्मा बिष्टले एउटा नयाँ गीतमा अर्को धमकेदार र्‍याप दिएकी छिन् ।

नेपाल आइडलमा सहभागी भएपछि उनी चर्चित मात्र भइनन् । गायिका सँगै मोडल पनि बनिन् । उनको आवाजमा धेरै गीत बजारमा आइसकेका छन् । दर्शक तथा स्रोताको मन जित्न समेत सफल भएकी छिन् ।

हाल उनले सुदुरपश्चिममा कहलिएका गायक चेतन बोहोराको नयाँ गीतमा र्‍याप दिएकी हुन् । गायक चेतन बोहोरा र माया बुढाको सुमधुर स्वरमा रहेको “भैंकर सोझी”गीतमा करिश्माको र्‍याप देख्न पाइने छ ।

केही दिन अघि गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । बिक्रम चौहानले निर्देशनमा बनेको भिडियोमा गायक चेतन बोहोरा, करिश्मा र टेक साउदले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ३८ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा