‘अवतार : द वे अफ वाटर’ टिजर रिलिज (भिडियो) « Khabarhub

‘अवतार : द वे अफ वाटर’ टिजर रिलिज (भिडियो)


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’ को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ ।

विश्वकै प्रतीक्षित फिल्मको शृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो । प्रदर्शकहरूको व्यापार मेला सिनेमांकन समारोहमा फिल्मको शीर्षक, लोगो र केही फुटेज सार्वजनिक गरेर चर्चा बटुलेको फिल्मको टिजर इन्टरनेटमा रिलिज गरिएको छ । ‘अवतार २’ को शीर्षक ‘अवतार स् द वे अफ वाटर’ राखिएको छ ।

जेस्म क्यामरुनकै निर्देशनमा बनेको फिल्म हलिउड प्रेमी दर्शकका लागि प्रतीक्षित छ । विशेष त अवतारमै उठान गरेको विषयका कारण निर्देशक क्यामरुनले चर्चा पाएका थिए । फिल्मका दृश्यहरुलाई पानीमुनि खिचिएको छ भने विज्ञानको अलौकिक दुनियाँ र त्यसभित्रको संघर्षको कथाले फिल्म भरिएको छ। फिल्मको टिजरमा नदीमुनिका विभिन्न जीवहरुसँगको कथालाई प्रस्तुत गरिएको छ। टिजरमा सुलि परिवारका जेक, नियतिरी र उनीहरुका सन्तानको संघर्ष र जीवनका लागि लडाईंलाई प्रस्तुत गरिएको छ। फिल्ममा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिसलगायतका स्टारहरुको अभिनय छ।

हलिउडको लोकप्रिय फिल्मको लिस्टमा अगाडि आउने नाम हो ‘अवतार’ । यस फिल्मले गरेको कमाइ आफैँमा रेकर्ड बन्यो । फिल्मले बक्स अफिसमा गरेको कमाइ त प्रशंसा योग्य भयो नै यसको विषयवस्तुले पनि उत्तिकै चर्चा पायो । सन् २००९ को डिसेम्बरमा रिलिज भएको फिल्मले २।८ बिलियन बराबरको ब्यापार गरेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय हलिउड फिल्म र विशेषगरी सुपर हिरोको विषयमा बनेका फिल्महरू दर्शकको रोजाईमा पर्ने गरेको देखेपछि अवतार निर्माण कम्पनी डिज्नीले पनि महत्वपूर्ण केही फिल्मको निर्माण घोषणा गरेको थियो । घोषित फिल्मको लिस्टमा प्रतीक्षित फिल्म ’अवतार’ को मात्र ४ सिरिज छन् । कोरोना भाइरसको महामारीका कारण रिलिजमा ढिलाई भएको फिल्म ’अवतार २’ का सिरिजहरुलाई दर्शकले लगातार हेर्न पाउने छन् । सन् २००९ मा हेरिएको अवतारको सिक्वेललाई सन् २०२२ को डिसेम्बर १६ मा डिज्नीले नेपाल र भारतमा फिल्मलाई एकसाथ प्रदर्शन गर्न लागेको हो । 

सन् २००९ देखि सन् २०२२ सम्म सिक्वेल हेर्न पर्खिएका दर्शकले अब भने यसको अन्य सिरिजहरु २ वर्षको अन्तरालमा हेर्न पाउने घोषणा निर्माण कम्पनीले गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ११ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा