कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : डा महत | Khabarhub Khabarhub

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : डा महत


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले  कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावी गरे ।

‘विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्’, उनले भने । उनले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गरे ।

प्रवक्ता डा महतले नेकपा सरकारले आफ्नो पञ्चवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गरे । कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं स्थानीय निर्वाचनमा कामपा–४ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद न्यौपानेले अनुशासित र भ्रष्टाचाररहित वडा निर्माण आफ्नो मुख्य अभियान भएको बताए । 

सोही वडामा कांग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ३६ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि