राजापाक्षेको पुर्ख्यौली घर जल्दा प्रदर्शनकारीको हर्षोल्लास (भिडियोसहित) « Khabarhub

राजापाक्षेको पुर्ख्यौली घर जल्दा प्रदर्शनकारीको हर्षोल्लास (भिडियोसहित)


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको क्रुद्ध भीडले सत्तारूढ राजापाक्षे परिवार र केही सांसदहरूको घरमा आगो लगाइदिएका छन् ।

बीबीसीका अनुसार सरकार समर्थक प्रदर्शनकारीसँग झडप भएपछि सरकार विरोधी प्रदर्शनकारीले राजपाक्षे परिवार र केही सांसदहरूको स्वामित्वमा रहेको घरमा आगजनी गरेका हुन्  ।

प्रदर्शनकारीले दक्षिणी श्रीलंकाको हम्बनटोटामा हाल संग्रहालय बनाइएको राजपाक्षे परिवारको पुर्ख्यौली घरमा आगो लगाइदिएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा घर जलिरहेको देखिन्छ भने प्रदर्शनकारीहरू खुशियाली मनाइरहेको सुनिन्छ ।

मुलुकमा जारी चरम आर्थिक संकट र यसबाट सिर्जित अत्यावश्यक वस्तुको अभावको समाधान गर्न असफल भएपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएपनि श्रीलंकामा हिंसा रोकिएको छैन । उनले राजीनामा दिने क्रममा उनी भित्रै रहेको बेला प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासमा आक्रमणको प्रयास गरेका थिए  ।

हिंसात्मक प्रदर्शनका कारण सोमबार यतिमात्र ७ जनाको मृत्यु भइसकेको छ भने अरु १९० जना घाइते भएको बीबीसीले जनाएको छ । त्यहाँ बुधबारसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपाक्षेले पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । त्यसअघि सोमबार सरकार समर्थक प्रदर्शनकारी र सरकार विरोधी प्रदर्शनकारीको समुहबीच शुरुमा प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्रिज’ र पछि सरकार विरोधी प्रदर्शनकारीले डेरा जमाएको गल्ले फेस ग्रिनमा झडप भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको बीबीसीले जनाएको छ ।

त्यसपछि क्रुद्ध बनेको सरकार विरोधी प्रदर्शनकारीको भीडले एकजना सांसद चढेको कारलाई घेराउ गरेपछि उनको शव फेला परेको थियो । दुई प्रदर्शनकारीलाई गोली हानी सत्तारूढ दलका सांसद अमराकीर्ति अथुकोराला घेराउबाट भाग्न सफल भएको र पछि उनले आत्महत्या गरेको जनाइएको छ ।

रात ढल्दै गएपनि हिंसा नरोकिएको र प्रदर्शनकारीले विभिन्न स्थानमा आगजनी र ढुंगा मुढा गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ४२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको