रसुवामा स्थानीय तह निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए | Khabarhub Khabarhub

रसुवामा स्थानीय तह निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् ।

 नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक जना सुरक्षाकर्मी खटिएका हुन् । 

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ जना नेपाल प्रहरी, दुई सय ८८ जना म्यादी प्रहरी र दुई सय १९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । 

सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ०६ बजे

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच