प्रजातान्त्रिक गणतन्त्र कंगको विस्थापित शिविरमा आक्रमण हुँदा १४ जनाको मृत्यु | Khabarhub Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कंगको विस्थापित शिविरमा आक्रमण हुँदा १४ जनाको मृत्यु


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा विस्थापित शिविरलाई लक्षित गरी गराइएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । 

हिंसात्मक आक्रमणको पछिल्लो शृंखला अन्तर्गत पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको इटुरी प्रान्तमा रहेको आन्तरिक द्वन्द्वका कारण विस्थापितहरू बसोबास गर्ने शिविरलाई लक्षित गरी हमला भएको हो ।

इटुरी प्रान्तको फटाकी सहरबाहिर रहेको शिविरमा सशस्त्र लडाकुले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणका बेला सो शिविरमा सयौँ विस्थापितको बसोबास रहेको जनाइएको छ ।

मारिनेमा बालबालिका समेत रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो सेनाका प्रवक्ता जुलेस ङ्गोङ्गोलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आक्रमणमा विद्रोही समूह ‘कोडेको’ को हात रहेको बताइएको छ ।

यस समुहले आइतबार स्थानीय खानीमा आक्रमण गर्दा ३५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा