पर्दामा नजुरेको सलमान र दीपिकाको जोडी  « Khabarhub

पर्दामा नजुरेको सलमान र दीपिकाको जोडी 


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा नजुरेको जोडीमा पर्छन् सलमान खान र दीपिका पादुकोण । 

शाहरुखको फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा उदाएकी अभिनेत्री दीपिकाले सलमानसँग स्क्रिन सेयर गर्न पाएकी छैनन् । दीपिकाले सलमानसँग काम गर्न चाहेता पनि यो अवसर मिलेको छैन । सलमानले प्राय आफ्नै ब्यानरका फिल्म गरिरहेकाले पनि दीपिकासँग जोडी नबाँधिएको हो । बेलाबखतमा रियालिटी शो मा देखिने सलमान र दीपिकाले सँगै फिल्म गर्ने इच्छा रहेको बताउने गरेका छन् ।

‘मलाई तपाईँसँग फिल्ममा जोडी बन्ने इच्छा छ । तर किन मिलिरहेको छैन’ दीपिकाले पछिल्लो समय बिग बोसमा भेट हुँदा सलमानलाई भनेकी थिइन् । सलमानले पनि आफू स्क्रिन सेयर गर्न तत्पर रहेको बताएका थिए । यद्यपि त्यो पुरा हुन् सकेको छैन । सलमानले गरिरहेको फिल्ममा हिरोइनको रोल सशक्त नहुने भएकाले पनि त्यो सम्भव भएको छैन । यसैबीच दीपिकाले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पठान’ मा सलमानले केमियो गरेका छन् । उनले फिल्ममा ‘टाइगर’ कै भूमिका निर्वाह गरेका हुन् । 

‘पठान’ को केमियोमा सलमानले दीपिकासँग स्क्रिन सेयर गरेको चर्चा बि-टाउनमा छ । सामाजिक सञ्जालमा एक्सनका दृश्यमा सलमान र शाहरुख खानसँगै दीपिका पनि देखिएको चर्चा चलिरहेको छ । 

यद्यपि यस विषयमा फिल्म टिमले आधिकारिक रुपमा केही बोलेको छैन ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ३९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा