१९ औँ एसियाडका लागि भलिबल खेलाडी छनोट « Khabarhub

१९ औँ एसियाडका लागि भलिबल खेलाडी छनोट


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको हाङ्गझाउमा आयोजना हुने १९ औँ एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौँ आर.बी.बी.– एन.भी.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उक्त खेलाडी छनोट गरेको हो ।

यसअघि गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एशियन गेम्सका लागि महिला भलिबललाई पनि एसियन गेम्समा समाविष्ट गर्ने निर्णय भएको छ । पहिला चरणमा छनोट हुन सफल खेलाडीहरूमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगति नाथ, सरस्वती जैशी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेस्मा भण्डारी, हिरा के.सी., उषा विष्ट, मनिष खाण रहेका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ४७ बजे

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा