‘हिरामन्डीको सबै एपिसोड निर्देशन गर्दिन’ « Khabarhub

‘हिरामन्डीको सबै एपिसोड निर्देशन गर्दिन’


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज ‘हिरामन्डी’ को काममा जुटिसकेका छन् । 

हालै उनी निर्देशित गंगुवाई कठियावाडी प्रदर्शनमा आएको थियो । लगत्तै उनले नेटफ्लिक्सको लागि रिलिज हुने फिल्मको काम अगाडि बढाएका हुन् । १८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताएका छन् । ‘मैले सम्पूर्ण एपिसोड निर्देशन गर्दै छैन । खासमा मलाई गंगुवाई कठियावाडीपछि ब्रेक चाहिएको थियो । यद्यपि मैले काम गर्ने बनिसकेकोले गर्दा सुरु गर्दैछु’ उनले बलिउड हंगामासँगको कुराकानीमा भनेका छन् । 

यसैगरी उनले यस सिरिजको हरेक एपिसोड इन्डिपेन्डेन्ट फिल्म मेकर्सको जस्तो हुने समेत बताएका छन् । यसको हरेक एपिसोडमा आत्मनिर्भर फिल्म मेकर्सको स्वाद पाउनु हुनेछ । उनले अहिलेसम्म कास्टिङको काम सुचारु रहेको बताए । ‘हामी चाहन्छौ कि यसका हरेक पात्रले जीवन पाउन हामी सानो भन्दा सानो क्यारेक्टरमा पनि जीवन भर्न चाहन्छौँ’ संजयले भने । उनले कुराकानीकै क्रम सिरिजमा आफैले संगीत दिने समेत बताएका छन् । 

१८ अभिनेत्रीको अभिनय रहने बताइएको सिरिजमा १९ औँ शताब्दीदेखि भारत पाकिस्तान विभाजनसम्मको कथा पस्किने जनाइएको छ । यसमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, जुही चावला, संजीदा शेख, निम्रत कौर, डायना पेन्टी सहित १८ जना अभिनेत्री रहने छन् । पाकिस्तानको लाहोर हुँदै सिरिज मुम्बईमा आएर सकिनेछ ।  

नेटफ्लिक्समा सार्वजनिक हुने यो सिरिज ८ भागको हुनेछ । सिरिजको पहिलो र अन्तिम एपिसोड भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग विभु पुरी र मताक्षरा कुमारले निर्देशन गर्नेछन् । पाकिस्तानको लाहोरमा रहेको यो ठाउँ वेश्याको अखडाको रूपमा चर्चित थियो । भन्सालीले भने यसलाई गीत संगीतको साधना गर्ने थलोको रुपमा प्रस्तुत गर्न लागेको चर्चा छ । 

केही समयपछि नै सिरिजको सुटिङ सुरु हुँदैछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : २० बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।