‘अवतार : द वे अफ वाटर’ : लालचले निम्त्याउने संघर्ष « Khabarhub

‘अवतार : द वे अफ वाटर’ : लालचले निम्त्याउने संघर्ष


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : द वे अफ वाटर’ को टिजर ट्रेलर इन्टरनेटमा रिलिज भएसँगै चर्चा बढ्दो छ । 

हलिउडको यो बहुप्रतीक्षित फिल्मको टिजरले दर्शकहरू नोस्टाल्जिक समेत भएका छन् । १३ वर्ष अगाडि ‘वअवतार’ प्रदर्शनमा आउँदा यसले उठान गरेको विषयवस्तुले जति चर्चा पाएको थियो । अहिले पनि त्यही छ । निर्देशक क्यामरुनद्वारा काल्पनिक पान्डोरा ग्रहमा त्यहाँका आदिवासीले आफ्नो ग्रह जोगाउन पृथ्वीबाट पुगेका मान्छेसँगको संघर्ष फिल्ममा देख्न पाइने टिजरले दर्साउँछ ।

‘अवतार’ झैँ यसमा पनि मानवीयता र लालच बीचको द्वन्द्वलाई फिल्ममा समेटिएको छ । मानवीय लालचले गर्दा प्रकृतिमा पुगिरहेको क्षतिलाई यसमा कलात्मक हिसाबले प्रस्तुत गरिएको छ । न्युजिल्यान्डमा स्थापना गरिएको एक विशाल पौडीपोखरीको सेटमा पानीमुनि छायांकन गरिएको फिल्म ‘अवतार स् द वे अफ वाटर’ मा ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् । यस्तै, फिल्ममा नाभी नेयत्री अर्थात् नायिकाको भूमिकामा जोय साल्दानाले अभिनय गरेकी छन् ।

फिल्ममा भिन डिजेल र ‘टाइटानिक’ स्टार केट विन्सलेटको समेत विशेष भूमिका छ । 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : २८ बजे

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन, पेपर लिकविरुद्ध कडा विधेयक ल्याउने मोदीको घोषणा

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतीको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन