सकियो ‘२ नम्बरी’ को छायांकन « Khabarhub

 सकियो ‘२ नम्बरी’ को छायांकन


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन सकिएको छ ।

 वैशाख पहिलो सातादेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु भएको फिल्मलाई पोखरा आसपासमा सुट गरिएको थियो । २८ औं दिनमा पोखरामा इन्डकल्याप भएको निर्माण पक्षले जनाएको छ । छायांकन सकिएसँगै कास्ट एण्ड क्रिउ बुधबार काठमाडौँ फर्किने तयारीमा छन् । 

No description available.

 

दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य अभिनय रहेको छ । कोरोना महामारीले प्रभावित भएको फिल्म छायांकन स्क्रिप्ट, निर्माण टिम र कलाकारमा केही हेरफेरसहित पुनः सुरु भएको थियो । कोरोना भाइरसको कारण पहिलो पटक लकडाउन हुने समयमा फिल्म छायांकनरत थियो । यद्यपि फिल्म पहिलो सिनबाटै छायांकन गरिएको निर्देशक लामाले बताए ।

फिल्मको केही प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र फिल्मका अर्का कलाकार जयनन्द लामा स्वर्गीय भएकाले फिल्मको छायांकन सुरुवातबाटै गरिएको थियो । फिल्ममा पलको स्थानमा सौगात मल्ल, वर्षा रावतको स्थानमा उपासना सिंह ठकुरी र जयनन्द लामाको स्थानमा रोल मिलाएर कविता आलेलाई कास्ट गरिएको छ ।

 मित्रताको कथा पेश गर्ने फिल्म आगामी कात्तिक ४ गते रिलिजको तयारीमा छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : ३७ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न