करणको फिल्ममा शाहरुख पक्का, काजोलले के गर्लिन् ? | Khabarhub Khabarhub

करणको फिल्ममा शाहरुख पक्का, काजोलले के गर्लिन् ?


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा निर्देशक तथा निर्माता करण जोहरसँग शाहरुख खान र काजोलको सम्बन्धको बारेमा बताइरहनु पर्दैन ।

 ‘कुछ कुछ’ होता है’ मार्फत बलिउडमा स्थापित नै भएका करण, शाहरुख र काजोलले एकसाथ फिल्महरूमा काम गरेका छन् । शाहरुख र काजोलको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन् । यो जोडीले अन्तिम पटक फिल्म ‘दिलवाले’ मा स्क्रीन सेयर गरेको थियो । 

‘दिलवाले’ फ्लप भएपछि यो जोडीसँगै देखिएको छैन । यद्यपि यो जोडीलाई करणको आउँदो फिल्म ‘रकी और पिंकीकी प्रेम कहानी’  मा देख्न सकिने छ । करणले आफ्नो प्राय फिल्ममा काजोललाई केमियो गराउँदै आएका छन् । करण निर्देशित ‘ए दिल है मुस्किल’ मा भने शाहरुखले केमियो गरेका थिए । त्यस समयमा करणको फिल्मसँग अजय देवगण निर्देशित फिल्म ‘शिवाय’ सँगै प्रदर्शनमा आएको थियो । 

काजोलसँगै करणले आफ्ना फिल्महरुमा शाहरुखलाई पनि केमियो गराउँदैछन् । करण यी दुईलाई आफ्नो ‘लक’ मान्दछन् । यद्यपि त्यसबेलाको तिक्तता दुईबाट नै हटिसकेको छ । यसैले गर्दा करणको फिल्ममा काजोलसँगै यसपटक शाहरुखको समेत केमियो रहने छ । यो जोडीलाई फिल्ममा करणले कैद गर्दैछन् । फिल्मको लागि शाहरुखले समय दिइसकेका छन् । यद्यपि काजोलले भने डेट दिएकी छैनन् । तर, करणसँग काजोलको सम्बन्ध खास भएकाले पनि उनले फिल्ममा केमियो गर्नेमा डाउट छैन । 

मुम्बईमा सुट हुने सिनको बारेमा अन्य जानकारी दिइएको छैन । करण आफ्नो अन्य फिल्म झैँ यसमा पनि सरप्राइज होस् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ०८ बजे

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली