‘हनी बनी’ मा भित्रिए अभिमन्यू « Khabarhub

‘हनी बनी’ मा भित्रिए अभिमन्यू


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हनी बनी’ मा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्ध भएका छन् ।

निर्देशक दिवाकर भट्टराई सहित टिमले अभिमन्यूलाई अनुबन्ध गरेको हो । अभिमन्यूलाई अनुबन्ध गरेसँगै फिल्मको वर्कसप चलिरहेको निर्देशक भट्टराईले जानकारी दिए । फिल्मको सुटिङका लागि सलोन लगायतका कलाकार सोमबार लन्डन प्रस्थान गरेका थिए ।

सन् २०१२ देखि मोडलिङमा सक्रिय अभिमन्यूले ‘लैजा मज्नु’ फिल्म र टिसिरिजको चर्चित गीत ‘याद पियाकी आने लगी’ मा मोडलिङ गरेका छन् । निर्देशक भट्टराईले अभिमन्यूको हजुरआमा नेपाली भएको र उनलाई नेपालीको धेरथोर ज्ञान भएकाले पनि फिल्ममा लिने निर्णय गरेको बताए ।

निर्देशक भट्टराईले यो फिल्मको सुटिङ सोमबारबाट सुरु गर्ने बताएका छन् । निर्माण टिमले मुख्य अभिनेत्रीका लागि जसिता गुरुङलाई लन्डनमा नै अनुबन्ध गरेको थियो ।

पुरुषोत्तम प्रधानले खिच्न लागेको यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : ११ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ