टिचिङ अस्पताल निजी अस्पतालको एजेन्ट बनेको सांसदको आरोप | Khabarhub Khabarhub

टिचिङ अस्पताल निजी अस्पतालको एजेन्ट बनेको सांसदको आरोप


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालले (टिचिङ)  निजी अस्पतालको एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सत्तारुढ नेकपाका सांसद देव प्रसाद गुरुङले टिचिङ अस्पतालले निजी अस्पतालमा बिरामी रेफर गरेर एजेन्सीको रुपमा काम गरीरहेको आरोप लगाए ।

उनले टिचिङ अस्पतालको आकस्मिक सेवा विभागमा जाने बिरामीलाई अस्पतालले निजी अस्पतालमा रेफर गर्ने गरेको भन्दै त्यसलाई तत्काल रोक्न सरकारसँग आग्रह समेत गरेका छन् ।

‘टिचिङ अस्पतालको इमर्जेन्सिमा जति पनि बिरामी गइरहेका हुन्छन् । ती धेरै जस्तो बिरामीलाई त्यहाबाट प्राइभेट हस्पिटल पठाउने गरीरहेको छ” गुरुङले भने,’राज्यको स्वामित्व रहेको हस्पिटलमा उपचार गराउनुको सट्टामा निजी हस्पिटलमा पठाउने व्यवहार देखिरहेको छ, त्यसले निजी अस्पतालहरुको एजेन्सीको भूमिकाको रुपमा त्यहाको हस्पिटलले काम गरीरहेको जस्तो देखिन्छ त्यसैले त्यसलाई अविलम्ब नियन्त्रण गरियोस् ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : १३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर