‘दुःखद् कोसेढुङ्गा’ – अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख पुग्यो « Khabarhub

‘दुःखद् कोसेढुङ्गा’ – अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख पुग्यो


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसले अमेरिकामा कोरोना भाइरसको महामारी शुरु भएयता हालसम्म १० लाख मानिसहरूले ज्यान गुमाएको जानकारी दिएको हो ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘दुखद कोसेढुङ्गा’ को रुपमा टिप्पणी गरेका छन् । उनले कोरोना भाइरसका कारण भएका हरेक मृत्युलाई ‘विस्थापन गर्न नसकिने क्षति’ को रुपमा टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण भएको मृत्युको आधिकारिक तथ्यांक विश्वकै सबैभन्दा धेरै हो । यद्यपि विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने विश्वका अन्य मुलुकमा कोरोना भाइरसबाट यो भन्दा धेरै मानिसहरुको मृत्यु भएको आशंका गर्दै आएको छ ।

यसबाहेक अमेरिकामा हालसम्म ३३ करोड कूल जनसंख्या मध्ये अमेरिकामा ८ करोड भन्दा धेरै मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएको बीबीसीले जनाएको छ ।

अमेरिकामा सर्वप्रथम सन् २०२० को जनवरी २० मा पहिलो पटक कोरोना भाइरसको संक्रमित फेला परेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : २४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना