प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन्।

धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताए।

“बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु”, प्रधानमन्त्री देउवाले अपिलमा भनेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : ५८ बजे

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट

काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली

अटिजमको महँगो थेरापी : अभिभावकलाई थपिएको आर्थिक सकस !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले काठमाडौँको खुलामञ्चमा यतिखेर सीप मेला आयोजना