मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकको अपिल « Khabarhub

मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकको अपिल


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाली जनताले भोलि हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्न अपिल गरेको छ । 

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा कुनै डर, धाक धम्की, त्रास र प्रलोभनमा नपरी मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आम जनसमुदायमा अनुरोध गर्दै मानव अधिकार, सामाजिक न्याय र विधिको शासनको प्रक्रियाको शुद्धीकरण र सबलीकरणमा स्थानीय तहको निर्वाचनले महत्वपूर्ण भूमिका हुने उल्लेख छ ।

यही वैशाख ३० गते ७५३ स्थानीय तहका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । संविधानको भावना र स्थानीय तह निर्वाचन ऐनअनुसार पाँच वर्षको कार्यकाल सकिएकै दिन निर्वाचन गर्ने निर्णय भएको हो । 

“जननिर्वाचित प्रतिनिधिले प्रशासनिक व्यवस्थापकीय तथा कार्यकारी क्रियाकलाप आधिकारिकरूपमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्यक्रम कार्यान्वयन गर्छन्”, प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्वाचित प्रतिनिधि स्वाभाविकरूपमा स्थानीय जनताप्रति जिम्मेवार हुन बाध्य हुन्छन्, फेरि लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने काम सबैभन्दा बढी स्थानीय तहले नै गर्ने हो, लोकतन्त्र बलियो बनाउन जनताको सहभागिता महत्वपूर्ण हुन्छ ।”

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ११ बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी