काठमाडौँ– कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्ट निलम्बनमा परेका छन् ।
भट्ट कैलालीको सुगरखाल इलाका प्रहरी कार्यालय दरबन्दी भई हाल सुर्खेतमा कार्यरत रहेका थिए ।
प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचनमा थप मद्दतका रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवम् अन्य प्रहरी कर्मचारीलाई असर पुर्याउने किसिमको कार्य गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक छानबिनमा आफूलाई सुम्पिएको जिम्मेवारी प्रहरी नियमावली विपरीत आचरण व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकोले प्रहरी उपरीक्षकको निर्णयअनुसार उनलाई ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया