प्रमुख निर्वाचन आयुक्तले भक्तपुरबाट मतदान गर्दै « Khabarhub

प्रमुख निर्वाचन आयुक्तले भक्तपुरबाट मतदान गर्दै

कहाँ मतदान गर्दैछन् आयोगका पदाधिकारी ?


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीसिथ्त उपस्वास्थ्य चौकीमा पुगेर मतदान गर्दैछन्। शुक्रबार देशभर एकसाथ हुन लागेको निर्वाचनमा प्रमुख आयुक्त थपलिया बिहानै मतदानस्थलमा पुगिसकेका छन्।

थपलियाले भक्तपुरको मध्यपुर ठिमी १ को लोकन्थली उपस्वास्थ्य चौकी केन्द्रमा मतदान गर्न लागेका हुन्। त्यसैगरी आयुक्त ईश्वरीप्रसाद पौडेलले टिका विद्याश्रम मावि सानेपामा मतदान गर्नेछन्।

आयुक्त रामप्रसाद भण्डारीले मिलन विद्यामन्दिर अनामनगर, आयुक्त जानकीकुमारी तुलाधरले लमजुङको महेन्द्र मन्दिर मावि र आयुक्त सगुन शम्शेर जबराले धापासी निमावी टोखाबाट मतदान गर्नेछन्।

आयोगका सचिव गोकर्णमणि दुवाडीले रिडमोडेल कलेज ठूलो भर्‍याङ केन्द्रबाट मतदान गर्दैछन्।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : १० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले