एलन मस्कद्वारा ट्विटर खरिद सम्झौता स्थगित « Khabarhub

एलन मस्कद्वारा ट्विटर खरिद सम्झौता स्थगित


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेस्ला कम्पनीका प्रमुख एलन मस्कले ट्विटर खरिद सम्झौतालाई स्थगित गरेका छन् । मस्कले ट्विट गर्दै ट्विटर खरिद सम्झौता छोटो समयका लागि स्थगित गरिएको जनाएका हुन् ।

ट्विटरमा ५ प्रतिशत भन्दा कम ‘स्पाम’ तथा ‘फेक’ अकाउन्टबारे विस्तृत विवरणको अपेक्षासहित ट्विटर खरिद सम्झौतालाई स्थगित गरिएको उनको भनाइ छ ।

फेक अकाउण्टहरुले कन्टेन्ट पोष्ट गर्ने समस्या ट्विटरले लामो समयदेखि झेल्दै आएको छ । मस्कले ट्विटरबाट फेक अकाउण्टहरुलाई हटाउनुपर्ने बताउँदै आएका छन् ।

झण्डै दुई साताअघि ट्विटरले दैनिक प्रयोगकर्तामध्ये केबल ५ प्रतिशत मात्रै फेक अकाउण्ट रहेको जनाएको थियो । यद्यपि यस्ता अकाण्टको संख्या धेरै हुनसक्ने ट्विटरले स्वीकार गरेको थियो ।

मस्कको घोषणा लगत्तै ट्विटरको शेयर मूल्यमा २५ प्रतिशतको गिरावट आएको बीबीसीले जनाएको छ । मस्कले ट्विटर खरिद सम्झौता रद्द गरेको खण्डमा उनले १ अर्ब अमेरिकी डलर ट्विटरलाई तिर्नुपर्ने प्रावधान रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : १९ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ